नवलपरासीमा सरुवा भई आउनु भएका वन अधिकृतलाई स्वागत

प्रकाशित मिति:

रामु भुसाल– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजनामा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीमा सरुवा भई आउनु भएका वन अधिकृत शंकर प्रसाद गुप्ता लाई स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार चिसापानी सामुदायिक वन उपभोक्ता समुहको प्राङगणमा सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता एवं वन अधिकृत शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघ नेपाल का सचिवालय सदस्य नारायण पाण्डेको बिशेष आतिथ्यता रहेको थियो सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले अहिले सामुदायिक वन को चुनौती भनेको वन अतिक्रमण रहेकोले सामुदायिक बनहरुले अतिक्रमण रोक्न पहल गर्नु पर्ने बताउदै सो का लागी डिभिजन वन कार्यालय ले सहयोग गर्न तयार रहेको बताउनु भयो ।सोही कार्यक्रममा बोल्दै बिशिेष अतिथि पाण्डेले सामुदायिक वन महासंघले वनका चुनौतीका बिषयमा प्रदेश सरकार र संघ संग छलफल चलिरहेको बताउदै मन्त्री परिषदको निर्णयबाट हाल रोक्का रहेका काठ दाउरा कटान र छपान केही दिनमै खुल्ने बताउनु भयो ।

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष कमल परियारले सामुदायिक वनहरु आफैमा सक्षम भई समयमै सस्थाको साधारण सभा र लेखापरिक्षण गराई संस्थागत पारदर्शिता गराउन अनुरोध गर्दै सामुदायिक बनहरुले आफ्ना उपभोक्ताहरुलाई सहज र सुलभ रुपमा सेवा दिनु पर्ने बताउनु भयो । कार्यक्रममा बर्दघाट र सरावल कलस्टरका ३३ सामुदायिक वनका अध्यक्ष र प्रतिनिधिलाई बोलाइए पनि १३ सामुदायिक वनका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमा सहभागीहरुले आ आफ्ना सामुदायिक वनका समस्या र चुनौती वन अधिकृत गुप्ता समक्ष राखेका थिए । हाल पश्चिम नवलपरासीमा ६३ सामुदायिक वन रहेका छन् । उक्त कार्यक्रमको संचालन महासंघका जिल्ला सचिव शारदा शर्मा पोखरेलले गर्नु भएको थियो ।