पतञ्जलिद्वारा आग्रीडाँडाका २३ घरपरिवारलाई खाद्यान्न सहयोग

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले, वालिङ, ३० असोज । पतञ्जलिले वालिङ ८ आग्रीडाँडाका २३ घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको छ । आयूर्वेद शिरोमणि आचार्य बालकृष्णको निर्देशनमा आफ्नो जन्म ठाउँमा दशैंको उपहारस्वरुप दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराईएको हो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आचार्यजीको सहयोगमा सिङ्गो गाउँका लागि खाद्यान्न सहयोग प्राप्त भएको बताउनुभयो ।

उहाँले नेपालीहरुको महान चाड दशैंको अवसरमा २३ घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएर सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि पतञ्जलिले खाद्यान्न उपलब्ध गराएर राहत पु¥याएको बताउनुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले आचार्य बालकृष्णले आफ्नो जन्मभूमिप्रति देखाउनुभएको सहयोगी भावना अझै बढ्दै गई आगामी दिनमा पनि सहयोगहरु प्राप्त भईरहने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित आग्रीडाँडाका स्थानीयहरुमा धन्यवाद ब्यक्त गर्नुभयो । पतञ्जलिले आग्रीडाँडाका २३ घरपरिवारलाई १० केजी चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो । पतञ्जलिले गत सोमबार पनि पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग