ट्रस्टद्धरा गुल्मीमा स्वास्थचौकीलाई नि.शुल्क एम्बुलेन्स हस्तान्तरण

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल असोज ३० -गुल्मिकोनयाँगाउँ र आसपासकाजनतलाइ सेवा पुराउने उद्देश्यले नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी नेपाल काठमाडौंले निशुल्क एम्बुलेन्स हस्तान्तरणगरेको छ।
नयाँगाउँमा जन्मिएर देश बिदेशमा रहेका चन्दादाताहरु र स्थानिय जनताको सहयोगमा संकलन गरिएको रकम बाट खरिद गरिएको एम्बुलेन्स नयाँगाउ स्वास्थ चौकी गुल्मीलाई हस्तान्तरण गरिएको संस्थाका सस्थापमहासचिब तथा सामाजिक अभियन्ता प्रकाश पोख्रेलले बताए ।

संस्थाको नाममा रहेको लु १च ९२६२ नम्बरको एम्बुलेन्स नयाँगाउँ स्वास्थचौकिको नाममा आज नामसारी गराएको हो ।उक्त अवसरमा संस्थापक महासचिव पोखरेलले एम्बुलेन्सको साँचो र बिल बुक स्वास्थचौकिका कर्मचारी प्रतिनिधिलाइ यातायात कार्यालय,बुटवलपरिसरमै आज हस्तान्तरण गरेका थिए ।संस्थाले प्रदान गरेको एम्बुलेन्सलाई प्रभावकारी र पार्दरर्शी सेवा प्रदान गर्नेचौकिका प्रमुख भेष बहादुर बिसि ले प्रतिबद्धता व्यक्त गरे ।

ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा पुराउनेउद्देश्यले राधा मल्ल को अध्यक्षतामा सामाजिक अभियन्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्बतीअधिकारिको सकृयतामा संस्थाको स्थापनागरियकोथियो।  २०७४ शालमा शुरु भएको संस्थाले अन्य बिभिन्न समाजिक काम गर्दे आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया