तिहारमा फस्टायो झिनिया बजार !

प्रकाशित मिति:

रमेश विश्वकर्मा /गुल्मी २७, कार्तिक ।
गुल्मीको मुसिकोट नगरपालिका ७ मा रहेको वामीटक्सार बजारमा तिहार आसपासमा वामीटक्सार बजारबाट मात्रै झण्डै ३० लाख बराबरको झिनिया कारोवार भएको छ ।

बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै वृद्धि भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले बताए । दशै र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केहि बर्ष यता झिनिया बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०÷८० जना सम्म झिनिया व्यवसायी पुगेको स्थानीय झिनिया व्यापारी शाक्यले बताएका हुन । उनले भने ः उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको पाइएको छ ।

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनियाको व्यापार गरेको भन्दै झिनिया बनाउन सक्ने हो भने जति पनि झिनिया खपत हुने गरेको र झिनिया विक्रिवितरण नहोलाकी भन्ने चिन्ता चाही नहुने सोही स्थानकी स्थानीय झिनिया व्यवसायी बिष्णुमति श्रेष्ठले बताइन ।