नेकपा वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।खनालले फेसबुक स्टाटस लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य बताएका हुन् ।

गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।‘अस्पतालका डाक्टरहरूको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खनालले भनेका छन् ।

खनालले स्वास्थ्य उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी टिमप्रति आभार व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया