सुर्नया गाउंपालिका विवाद , ब्यक्तिगत स्वार्थको पराकाष्ठा ।

३० आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


अमृत विष्ट । बैतडी । बैतडी जिल्लाको सुर्नया गाउंपालिका केहि दिन देखी अशान्त छ। यसको मुख्य कारण गाउपालिका केन्द्र सम्बन्धि विवाद। २०७६ पौष ९ गते गाउपालिकाले सर्बसहमतीमा पालिकाको केन्द्र सुर्नया गाउंपालिका वडा न। ५ पपितामा राख्ने निर्णय गरेको थियोे । उक्त निर्णय बिज्ञ समितिको सल्लाहमा र सबै वडाहरुको सहमतिमा गरिएको भए पनि त्यसबेला देखी नै अहिले अस्थायी केन्द्र नजिकका केहि ब्यापारीहरुले बिरोध गर्दै आएका थिए।

उनीहरुको माग अहिले अस्थायी केन्द्र भएको ठँउंलाइ नै स्थायी केन्द्र बनाउनु पर्छ भन्ने थियो । स्थानीय ब्यापारीहरु एक बर्ष अगाडि देखी नै आन्दोलनको योजना बनाउने र गाउँपालिका अध्यक्षलाइ असफल बनाउन हरेक काममा बाधक बन्दै आएका थिए भने अरुलाइ पनि आन्दोलनमा होमिन आह्वान गर्दै आएका थिए। यो कुरा आन्दोलनरत पक्षका एक बर्ष यताका फेसबुक स्ट्याटसबाट पनि प्रष्ट देखिन्छ। यतिकैमा केहि दिन अघि गाउँपालिकाले एक बर्ष अघिको निर्णय अनुसार गाउँपालिका केन्द्र वडा न ५ पपितामा सार्ने अर्को निर्णय गर्यो। असन्तुष्ट पक्ष यसबाट झनै आक्रोशित हुदै स्थानीय अर्जुन मडैको संयोजत्वमा संघर्ष समिति नै गठन गरि पालिकामा तालाबन्दी गर्यो। तालाबन्दी खोल्नका लागी गाउंपालिका र आन्दोलनरत पक्षबिच दुई दिनसम्म बार्ता भयो तर सफल हुन सकेन। आन्दोलनरत पक्षको एउटै ढिपी थियो , गाउंपालिका केन्द्र सारिनु हुदैन।

आन्दोलनरत पक्षले ब्यक्तिगत स्वार्थले गाउंपालिकाको निर्णय र बिज्ञ समितीको सल्लाहलाइ नै लत्याउदै एकोहोरो आफ्नै कुरामा अडिक रहदा दुइ दिनसम्म गाउंपालिका र आन्दोलनरत पक्ष बिचको बार्ता सफल हुन सकेन। अन्तत गाउंपालिकाले एक मुचुल्का तयार गर्दै प्रहरीको सहयोगमा ताल्चा खोल्ने काम अघि बढायो। यति बेलासम्म आन्दोलनरत पक्षले अर्को बाटो हुदै गाउंपालिका भवन माथी गएर ढुङ्गा जम्मा गरेर प्रहार गर्ने तयारी गरिसकेको थियो। ताल्चा खोल्नै लाग्दा आन्दोलनरत पक्षका केहि ब्यक्तिहरुले गाउंपालिका अध्यक्षलाइ आक्रमण गर्न लागेका थिए भने केहिले माथीबाट ढुङ्गा बर्साउन सुरु गरिसकेका थिए। आन्दोलनरत पक्षले अध्यक्षमाथी नै जाइलाग्दा कुटपिट साथै सर्ट समेत च्यातेका थिए भने केहिले ढुङ्गा प्रहार गरेका थिए।

आन्दोलनरत पक्षको ढुङ्गा प्रहारबाट गाउंपालिका अध्यक्ष , उहांलाइ सुरक्षा दिदै गरेका सुरक्षाकर्मी र उहांलाइ नजिकबाट आक्रमण गर्दै गरेका आन्दोलनरत पक्षकै समेत घाइते हुन पुगे। गाउंपालिका अध्यक्षलाइ उपचारका लागी धनगढी रिफर गरिएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ। यसरी हेर्दा आन्दोलनरत पक्षले सुनियोजित तरिकाले घटना घटाएको प्रस्टै देखिन्छ । गाउंपालिका अध्यक्षलाइनै असफल बनाउनु पर्छ भन्ने मनसाय र ब्यक्तिगत स्वार्थले घट्ना घटेको सहजै बुझ्न सकिन्छ । हाल अस्थायी केन्द्र रहेको कठगौडा र स्थायी केन्द्र पपिताबिच करिब १ कि। मि मात्र दुरि रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया