लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि चौधरीलाई कोरोना

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । सामान्य रुघा लागेपछि पिसिआर परिक्षण गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको मन्त्रि चौधरीले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । चौधरीसंगै उनकी श्रीमती , पिएसओ , चालक र भान्से लाई पनि कोरोना संक्रमण देखिएको उनले बताए ।  मन्त्रि चौधरीले आफुसंग सम्पर्कमा रहेका सम्पुर्णलाई सजगता अपनाउन अनुरोध समेत गरेका छन् । संक्रमित पाँच मध्ये मन्त्री चौधरीले आफुलाई रुघा लागेको र अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको समेत जनाएका छन् । उनी होम आइसोलेसनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया