साधारण सभा तथा अधिवेशन सम्पन्न

प्रकाशित मिति:

कार्तिक ०१, शनिबार । मणिग्राम, रूपन्देही । रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–०४ को तेह«ौं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा संस्थापक अध्यक्ष रामबहादुर खड्काको आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।

साथै, संस्थाको अधिवेशनले मातृका ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ । समितिका उपाध्यक्षमा रमेशकुमार पराजुली, सचिव धर्मप्रसाद न्यौपाने र कोषाध्यक्षमा पिताम्बर खनाल चुनिनुभएको छ । त्यसैगरी सदस्यहरूमा विष्णु पौडेल, ज्ञानप्रसाद ज्ञवाली, दीपा थापा, कृष्णबहादुर थापा र पदमबहादुर पौडेलक्षेत्री चयन हुनुभएको छ । अधिवेशनले कृष्णप्रसाद आचार्यको संयोजकत्वमा विष्णुमाया पोखरेल र सिता खनाल आचार्य सदस्य रहेको लेखा समिति समेत चयन गरेको उपाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।