पर्यटकका लागि खुला बर्दिया निकुञ्‍ज

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बर्दिया — गत चैत ११ गतेदेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शनिबारदेखि खुला भएको छ । दसैं तिहारका बेला बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए ।

 

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले हाललाई जंगल ड्राइभ ९सफारी० र जंगल वाक गर्न अनुमति दिएको बताए । निकुञ्जभित्र हुने र्‍याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने खुल्ला नगरिएको उनले बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानु पर्ने व्यवस्था गरिएको छ ।

 

यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुल्ला भएकोमा खुसी व्यक्त गरेका छन् । सात महिनादेखि पर्यटन व्यवसायी पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी हुन पुगेका थिए । अब केहीहद सम्म पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी रामजी थापाले बताए । बर्दिया निकुञ्जको मुख्यालयबाहिर सानाठूला गरी २४ वटा होटल सञ्चालनमा छन् ।बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन् । यहॉ ८७ वटा बाघ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…