आज मात्र थपिए ३१ सय ६७ जना कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं, कात्तिक १ : नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३१ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। संक्रमितमध्ये ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७२७ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १८०० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।