एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्छौं : नगर प्रमुख खाँण

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले,वालिङ, ०१ कार्तिक ।वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरभित्रका शहरी क्षेत्रहरुमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने बताउनुभएको छ । वालिङ ८ बसपार्कमा डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँणले शहरी क्षेत्रमा रहेका खानेपानीका स्रोतहरुलाई एकीकृत र ब्यवस्थित गर्दै एकद्वार प्रणालीबाट वितरण थाल्ने बताउनुभएको हो । नगरपालिकाल शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो ।

“नगरपालिकाले नगरभित्रका विभिन्न छ ठाउँमा डिप बोरिङमार्फत सफलरुपमा खानेपानी निकालिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अझै तीन ठाउँमा डिप बोरिङमार्फत पानी निकाल्छौं र अबको कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र प्रर्याप्तरुपमा नगरबासीलाई खानेपानी उपलब्ध गराउँछौं । वालिङ नगरपालिकाले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने भएको छ ।कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरबासीलाई स्वच्छ र प्रर्याप्तमात्रामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी नगरको भएको बताउँदै आफ्नो कर्तब्य पूरा गरेर छाड्ने बताउनुभयो । उहाँले वालिङमा पानीको स्रोतहरुको सही सदुपयोग गरी नगरबासीलाई खानेपानी पु¥याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा खानेपानी वितरणलाई ब्यवस्थित बनाउँदै लगिनेमा जोड दिनुभयो ।संस्थाका उपाध्यक्ष रोशन कुँवरको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष विद्या श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया