गणेश अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


वीरगञ्ज, कात्तिक १ : पर्साको वीरगञ्जबाट प्रहरीले २३ किलो बढी सुन बरामद गरेको छ। शनिबार वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्लाट नम्बर ३०३ मा खानतलासी गर्दामा प्रहरीले २३ किलो बढी सुन बरामद गरेको हो।

पर्साकी प्रहरी उपरीक्षक ९एसपी० गंगा पन्तले अपार्टमेन्टबाट सुन बरामद गरिएको जानकारी दिइन्। अपार्टमेन्टबाट एक केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान ९८ केजी ५७६ ग्राम० र सानो बिस्कुट १०० ग्रामका १० थान ९एक केजी० बरामद गरिएको एसपी पन्तले जानकारी दिइन्। उनका अनुसार सुनका ६८१ ग्राम गहना पनि बरामद गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया