ब्यांग्लोरसँग राजस्थान ७ विकेटले पराजित, एबी डिभिलियर्सको उत्कृष्ट ब्याटिङ

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले ७ विकेटको जित निकालेको छ ।

दुबईमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ब्यांग्लोरले १९। ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए ।

राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । अबको केहि समयपछि ब्यांग्लोर ब्याटिङका लागि मैदान उत्रिनेछ ।

ब्यांग्लोरका कप्तान विराट कोहलीलाई आर्यपीएलमा सबै भन्दा धेरै अर्धशतक बनाउने मौका रहेको छ। राजस्थानलाई भने टुर्नामेन्टमा रहिराख्न यो खेल जित्नै पर्ने दबाव रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया