अर्घाखाँचीका पहिरो पीडितलाई दुबईबाट सहयोग

प्रकाशित मिति:

पदम आचार्य युएई/

अर्घाखाँची शितगंगा नगरपालिका वाड नं १२ रजिया जोख्लेगैरामा पहिरोको जोखिममा रहेका पीडितको सहयोग स्वरुप अर्घाखाँची सम्पर्क समिति यु ए ई दुबई क्षेत्रीय समिति ले शुक्रबार आर्थिक सहयोग गरेको छ ।

समितिले शितगंगा समाज यू ए ई लाई एक कार्यक्रमका विच २२ हजार हस्तान्तण गरेको हाो । पूरा बस्ती मा अचानक आएको लगातार को वर्षा को पानी ले गाउँ नै पहिरो को जोखिम मा परेर उक्त ठाउँ मा बस्ने स्थिति नभएको अवस्थामा उक्त पीडा लाई स्मरण गर्दै उक्त सहयोग गरिएको समितिले जानकारी दिएको छ ।

हस्तान्तरण कार्यकम मा अर्घाखाँची सम्पर्क समिती यु ए ई का केन्द्रीय अध्यक्ष कृष्ण भुसाल, दुबई क्षेत्रीय समितिका अध्यक्ष जीवन रायमाझी, बरिष्ठ उपाध्यक्ष इश्वरी बन्जाडे, उपाध्यक्ष केपी न्यौपाने,संरक्षक कृष्ण प्रसाद गैरे,सचिव पदम आचार्य, कोषाध्यक्ष बलराम न्यौपाने, सदस्य नारायण पाण्डे,शितगंगा समाज यू ए ई का वरिष्ठ उपाध्यक्ष प्रेम मगर लगायतको उपस्थिति थियो ।