बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

१ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । गत असोज २७ गते पोजेटिभ नतिजा आएका बुटवल ८ का ४९ वर्षीय पुरुषलाई शनिवार नै अस्पताल ल्याईएकामा उपचारका त्रक्रममा उनको शनिवार सांझ मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनी होम आइसोलेसनमा बसेका थिए । यससंगै अस्पतालमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
बुटवल स्थित कोरोना विशेष अस्पतालको सबै बेड भरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया