प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै स्थानीय द्धारा ब्यापक बिरोध

प्रकाशित मिति:

लहान २ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि ९प्राविधिक० पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले बिधालयलाई भ्रष्टाचारको अड्डा बनाएको भन्दै ब्यापक बिरोध भएको छ ।साहले व्यवस्थापन समितिको मिलोमतोमा आर्थिक चलखेल गरेको जसपाका युवाहरूले आरोप लगाएका छन । युवाहरूको अगुवाई गर्ने जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साह माथि त्यस्तो गम्भीर आरोप लगाएका छन ।

पत्रकार सम्मेलन गर्दै युवा नेता यादवले भने ुहाम्रा प्र।अ साहले विद्यालयको करिब अढाई कट्ठा जग्गा सुटुक्क एक स्थानीय व्यक्तिलाई नामसारी गरिदिएका छन । त्यसैगरी साहले २०७२ सालमा डिभिजन वन कार्यलय लहानबाट स्कुलको नाममा ल्याएको साल काठ ३२ दशमलव ३० क्युविक फिट स्कुलमा गायब गरेका छन् ।०७५र०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । यस्तै २०७५र०७६ मा विद्यालयमा साईकल स्ट्याण्ड बनाउदा स्कुलको पुराना समानहरु जसता, फलाम पचास हजार पनी खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया खाएको आरोप युनियनको प्रदेश उपाध्यक्ष यादबले दावी गरे ।उनका अनुसार २०७५र०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन ।

टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ ।विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् ।‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’