बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गराएका बुटवल ३ गोलपार्कका ५५ वर्षीय पुरुषको नतिजा पाजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि २७ गते कोरोना अस्पतालको आइसियुमा भर्ना गरी उपचार गरिएको थियो । उनको आइतवार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।