दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना

प्रकाशित मिति:

बुटवल, २ कार्तिक । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न उपहार योजना ल्याएको छ । ‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ्ग एप बाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुलाई १÷१ थान स्मार्ट फोन प्रदान गर्ने भएको छ । यस्तै शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने ५ जना भाग्यशाली ग्राहकहरुलाई १÷१ थान स्मार्ट फोन प्रदान गरिने छ ।

यी दुबै उपहार योजना कार्तिक १ देखि मंसिर ५ सम्म लागु हुने बैंकको प्रधान कार्यालयकी चिफ अपरेसन अफिसर नम्रता थापाले जानकारी दिइन् । यस्तै दशै टिका विशेष उपहार योजना अन्तर्गत टिकाको दिन शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने १ जना भाग्यशाली ग्राहकलाई १ थान स्मार्ट फोन कार्तिक १० गते प्रदान गरिने योजना रहेको चिफ अपरेसन अफिसर थापाले जानकारी दिइन् । यी सबै उपहार योजनामा बैंकका ६९ वटा शाखाका ४ लाख बढी ग्राहक सहभागी हुन पाउने र गोलाप्रथाबाट भाग्यशालीले उपहार प्राप्त गर्ने बैंकले जनाएको छ । एफ वान सफ्टको संगको सहकार्यमा उपहार ल्याईएको वैकले जनाएको छ ।