मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु : तौलिहवा मर्यादपुर सडकखण्ड अन्र्तगत कपिलवस्तु नगरपालिका–५ मा मोटर साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

लु ८ प ३१९८ नम्बरको मोटरसाइकलको ठक्करबाट यशोधरा गाउँपालिका–३ हर्दिहवाकी ६१ वर्षीय राजमति कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।