कांग्रेसले गल्धाको ढुङ्गाना बेसीमा विरोध र्याली निकाल्यो

प्रकाशित मिति:

पाल्पा-नेपाली कांग्रेस निस्दी गाउँपालिका वडा कार्यसमिति वडा नं। ५ ले आज शान्तिपूर्ण विरोध र्याली निकालेको छ । निस्दी गाउँपालिका ५ का वडा अध्यक्षले शुक्रबार कांग्रेसमा आस्था राखेकै आधारमा कांग्रेसका कार्यकर्ता माथि कृटपिट गरेको भन्दै विरोध र्याली निकालेको हो ।असोज ३० गते निस्दी ५ का वडा अध्यक्ष भिम बहादुर बयाम्बुले सन्त बहादुर बयाम्बु र गीम बहादुर जर्घा माथि नेपाली कांग्रेसमा प्रवेश गरी क्रियाशिल भएको निहुँमा कुटपिट गरेको भन्दै घटनाको छानविन गरि कार्वाही गर्न माग गर्दै कांग्रेसले गल्धाको ढुङ्गाना बेशीमा शान्तिपूर्ण विरोध र्याली निकालेको हो ।

नेपाली कांग्रेस निस्दी गाउँपालिका वडा कार्य समिति वडा नं। ५ ले कुनै पनि विचार र आस्थाको आधारमा जिम्मेवार व्यक्ति बाट कृटपिट हुनु लोकतन्त्र प्रति कै उपहास भएको भन्दै विरोध र्याली निकालेको हो । कांग्रेस वडा कार्य समितिले घटना माथि छानविन हुनु पर्ने र दोषीलाई कार्वाही हुनु पर्ने माग गरेको छ ।गल्धा ढुङ्गाना बेसीको गाउँखोला बजार बाट सुरु भएको र्याली बजार परिक्रमा गरी माथिल्लो बजार पुगेर पुन गाउँखोलामा आएर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा एक सय भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो । वडा सभापति शिव प्रसाद अर्यालको अध्यक्षतामा भएको कोण सभामा पार्टीका पूर्व सभापति बासुदेव ढुङ्गाना, युवा श्याम खण्डलुक लगाएतले बोल्दै व्यक्तिको विचार र आस्था राख्न पाउने अधिकार कुण्ठित गर्न खोजिनु कुनै पनि हालतमा सैह्य नहुने बताएका थिए ।कोण सभाको सञ्चालन चित्र बहादुर जर्घाले गर्नु भएको हो ।