जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग

प्रकाशित मिति:

साइप्रस । जिपि कोइराला फाउण्डेसन साइप्रसकी संयोजक रीता दुलालले समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेकी छन् । उनले व्यक्तिगत रुपबाट आफैले दशैंको बेलामा समस्यामा रहेका विद्यार्थीहरुलाई खाद्यान्न राहत दिएकी हुन् । ४वर्षदेखि साइप्रसमा रहेकी उनले यसअघि पनि विद्यार्थीहरुलाई सहयोग गरेकी थिइन् । आइतबार दोस्रो चरणमा उनले समस्यामा रहेका विद्यार्थीहरुलाई दशैंको मुखमा केही सहज होस् भनेर राहत उपलब्ध गराएको बताइन् । साइप्रसमा नेपालीलाई समस्या पर्दा पुगिहाल्ने र व्यक्तिगत रुपमै सकेको सहयोग गर्ने मनकारी भएकाले उनलाई अप्ठयारो पर्दा धेरैले सम्झने गरेका छन् । नेपालमा रहँदै पनि विभिन्न पिछडिएका चेपाङ समुदायका बालबालिका देखि दुःखी मनलाई मलम लगाउने काममा सक्रिय थिएन् । उनको यो स्वभाव विदेशी भुमिमा पनि कायमै छ ।

१० महिना पहिला नेपाली कांग्रेसकी नेत्री तथा शान्तिप्रक्रियाका नायक गिरिजा प्रसाद कोईराला पुत्री सुजाता कोईरालाले बुबाको नामबाट खोलिएको फ़ाउण्डेशनको साइप्रस सम्योजकमा दुलाललाई मनोनयन गरेकी थिइन् । उनले फाउण्डेशनको नामबाट सामाजिक काम गर्दै आएकी छन् । साइप्रसमा कोरोनाको कारणबाट रोगज़ार गुमाएका नेपाली बिधार्थीको लागि राहत कार्यक्रम ल्याएर पिडितलाई सहयोग गर्न शुरू गरेकी थिइन् । दुःख आपदमा सहयोग गर्न पाउदा आफूलाई भाग्यमानी सम्झने गरेको बताउँछिन् दुलाल । उनको पबित्र र स्वच्छ सहायोग गर्ने भावनाको लागि विद्यार्थीहरुले आभार व्यक्त गरेका छन् । आगामी दिनमा पनि प्रबासमा कोहि भोकैमर्ने अवस्था नआओस, त्यो अवस्थामा जस्तोसुकै सहयोग गर्ने सहयोगी दुलालको प्रतिबद्धता छ। साइप्रसमा कसैलाई केही आपत बिपद पर्यो भने उनलाई सम्पर्क गरेर सहयोग माग्नेको संख्या धेरै नै छ। उनले आफुले सकेको सहयोग गर्दै आएकी छन् । सामाजिक काम गर्ने प्रेरणा आफ्नो स्वर्गीय बुबा आमाबाट सिकेको दुलाल बताउँछिन् ।