नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली ,कार्तिक ३, मसुरीया,देउखुरी दाङ ।राप्ती गाउँपालिकाको तर्फवाट नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध गरिएको छ । गाउँपालिका अध्यक्षले एक सन्देश प्रवाह गर्दै पछिल्लो समय विश्व ब्यापी कोरोना समस्याका कारण जनजिवन प्रभावित भैरहेको अवस्था रहेकोले सजक र सतर्क रहन अनुरोध गर्नु भएको हो । कोरोना संकट बाट नागरिकलाई सुरक्षित राख्न स्थानिय सरकार भरपुर रुपमा लागिरहेको भएपनि संकट बाट बच्नको लागिसबै सचेत र सजगहुनुपर्ने अवस्था आएको सन्देशमा उल्लेख गरिएको छ ।

सबैको घर आगनमा चाड पर्बको आगमन भएको छ । घर परिवार, छर छिमेकीको आगमनले सबैको मन खुसी भएको बेला भएपनि कोरोना कहरका कारण सजगता अपनाउदै चाड पर्ब मनाउन अनुरोध गरिएको छ ।वडा दशै तथा दिपावलीको अवसरमा घरमै नित्य पुजाआजा गर्न, मन्दिर, मठ, बलि स्थानमा नजाऔ, भिड भाड बाट टाढै बस्न, शुभकामना फोन मार्फत आदान प्रदान गरि जमघट, भोजभतेर, शुभकामना आदान प्रदान औपचारीक कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नबन समेत अध्यक्ष सुवेदिले सबैमा अनुरोध गर्नु भएको छ ।
सन्देशमा अध्यक्ष सुवेदिले जुवा तास चिट्ठा खेल्ने काम कानुन विपरित छ रहेको कानुनमा बन्देज गरिएको र मादक पदार्थ सेवन गर्न रोक लगाईएको हुनाले कानुन बन्देज काम नर्गन नगराउन सबैमा अनुरोध गर्नु भएको छ ।

अस्वस्थकर खाद्य सामाग्री खरिद तथा बेचबिखन नगर्न, चाडवाडको बेला खरिद विक्रिको समयमा सामाजिक दुरी कायम गर्न अधिक हो हल्ला नगर्न तथा अनावस्यक काममा घर बाहिर ननिस्कन र निस्कनै परे मास्क वा सेनिटाईजर लगाएर मात्र निस्कन अनुरोध गरिएको छ गाउँपालिकाको तर्फवाट सबै नागरिक स्वस्थ्य र सुरक्षित रहनका लागि आपतकालिन सेवाको ब्यवस्थापनमा सहयोग गर्न सरोकार वालाहरुलाई अनुरोध गरिएको छ ।सवारि साधन, एम्वुलेन्स, स्काभेटर, क्रेन, साईकल तयारी अवस्थामा सबै क्षेत्रमा राख्न, एकले अर्कालाई सहयोग र सम्मान गर्न र आफ्नो सचेतना आफ्नै स्वास्थ्य अभियान सफल पार्न अध्यक्ष सुवेदिले अनुरोध गर्नु भएको हो । सन्देशमा आउदै गरेको शुभ विजयादशमी २०७७ को सबैमा हार्दिक शुभकामना समेत ब्यत्त गरिएको छ ।