भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य रोकीन्छ : प्रहरी निरीक्षक दिवश वहादुर जिसी

३ कार्तिक २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


पुनहरि बेल्बासे ,भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जि.सी.ले भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य रोक्ने बताएका छन् ।करिब एक महिना अघि रुपन्देही जिल्ला समाल्न आइपुगेका प्रमुख जि.सि.ले आज पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

रुपन्देही जिल्ला औद्योगिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिनुका साथै मालसामान भित्राउने मुलुककै दोस्रो ठूलो नाका हो, यहाँ सिमेन्ट उद्योगमा चुनढुङ्गा ओभरलोड बोकेर तिब्र रुपमा हिँड्ने टिप्परका कारण बर्षेनी सयौँ जनाले अकालमै ज्यान कुमाउन परेको छ । विगतका दुर्घटनालाई अध्ययन गर्दा टिप्परले ओभरलोड बोकेर तिब्र गतिमा चलाउने गरेका कारण हुने गरेको कुरा सञ्चारकर्मीले राखे पछि प्रमुख जिसीले ओभरलोड बोकेर तिब्र गतिमा हिँड्नेलाई ‘अन द स्पट’ कारवाही गरिने बताएका छन् । उनले चाडपर्वमा सरकारले तोकेभन्दा बढी भाडा यात्रुसँग लिएको पाइए बस तथा अन्य सवारी साधनलाई तत्काल पाँच हजार जरिवाना गर्ने बताएका छन् । चाडपर्व लक्षित योजना बनाइएको छ, हेल्प डेस्क समेत स्थापना गरिएको छ, कोभिड–१९ को रोकथामको लागि सार्वजनिक यातायातमा आवश्यक स्वास्थ्य सामाग्रीहरु राख्नुपर्छ उनले भने ।

आफुले रुपन्देहीको ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेपछि पहिलो प्रयास स्वरुप भैरहवामा तीन वटा डमी राखेको बताउँदै सिद्धार्थनगरमा छाडा चौपायाको व्यवस्थापन अत्यन्तै आवश्यक रहेकोले नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।विगतमा पनि ओभरलोड र तिब्रगतिमा गुडाउने साधनलाई कडा रुपमा कारवाही गर्नु पर्छ भन्ने आवाज उठिरहँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय कानमा तेल हालेर बसेको थियो नि ? अहिले पनि त नयाँ नयाँ हुँदा मात्रै होला ? भन्ने प्रश्न गर्दा प्रमुख जिसिले सबै निकाय सँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया