प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज

प्रकाशित मिति:

३ कात्तिक, काठमाडौ । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सचिवमा निरज तामाङ नियुक्त हुनुभएको छ ।नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय कार्यालयमा हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तामाङलाइ सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डेढ दशकदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहनु भएका तामाङ हाल जनता टेलिभिजनमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।यस अघि पत्रकार तामाङ महासंघको केन्द्रीय सूचना,प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सदस्यमा मनोनयन हुनु भएको थियो ।

नवनियुक्त सचिव तामाङले सूचना प्रविधि तथा प्रचार बिभागको सचिव पदमा नियुक्ति गरेकोमा आफु उत्साहित भएको र महासंघको लक्ष्य र उदेश्यलाइ थप उचाइमा पुर्याउन जिम्मेवारीका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।