२४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८ जना

प्रकाशित मिति:

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ३७९० रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर ३७९० जना कोरोना संक्रमित थपिएका हुन्।हालसम्म जम्मा संक्रमितको संख्या १३६०३६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा २३८८ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २००८ भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना संक्रमित थपिएका छन ।प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४०७७८ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १३८५१ र होम आइसोलेसनमा २६९२७ जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या १५७१४ रहेको छ।छिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २३३५ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित ९४५०१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आइसीयुमा उपचाररत संक्रमितको संख्या २८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित छन् ।२४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १८ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७५७ पुगेको छ ।