नेपालले चीनलाई उपहार दिएका सबै गैंडा स्वस्थ

प्रकाशित मिति:

२७ कात्तिक, काठमाडौं । नेपालले उपहारस्वरुप दिएको दुई जोडी गैंडालाई चीनले तोकिएको स्थानमा राखेको छ । भद्र र रुपसीको जोडीलाई ग्वान्झाओको चिमिलोङ सफारी पार्कमा तथा सोल्टी र मितिनीलाई साङ्घाई वाइल्ड एनिमल पार्कमा राखिएको हो ।

‘नेपालले चीनलाई दिएका सबै गैंडा स्वस्थ छन्, उनीहरुलाई क्वारेन्टाइनमा राखेपछि सम्झौतामा उल्लेख भएअनुसार तोकिएको स्थानमा राखिएको जानकारी चीनले दिएको छ,’ राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले अनलाइनखबरसँग भने ।