एभरेस्ट आयल सप्लायरमा आगलागी

प्रकाशित मिति:

मधुसूदन नेपाल,भैरहवा- रुपन्देहीको सिर्द्धार्थ नगरपालिका ८ स्थित एभरेस्ट आयल सप्लायरमा सोमबार आगलागी भएको छ।

सोमबार राति करिब साढे ७ बजेतिर आगलागी भएको हो। इन्धन लिएर आएको ट्यांनकरले  टेन्किमा इन्धन  खनाउने क्रममा आगलागी भएको हो। दमकल तथा स्थानीयको सहयोगमा १ घन्टापछि आगोलाई नियन्त्रणमा लिइएको छ ।

समयमै नियन्त्रणको लागि पुगेको दमकलले गर्दा उक्त घटनामा क्षति धेरै नभेको स्थानीयको भनाइ छ। इन्धन लिएर आएको ट्यांकर पूरा रुपले जलेको र अन्य केही मानवीय क्षति नभएको बताएका छन।