बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा मंगलवार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल ११ की ४४ वर्षीया महिलाको सोमवार स्वास्थ्यमा समस्या आई लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण गराउंदा पोजेटिभ आएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उनको उपचारका क्रममा मंगलवार बिहान ५ ः १० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । ती महिलामा मधुमेहको समस्या थियो ।