एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

प्रकाशित मिति:

गैर आवसीय नेपाली संघ स्पेनले यहाँ स्थित विभिन्न संघसंस्थाहरुबाट स्वर्गीय भबिस्यता न्यौपानेको परिवारलाई सहयोगार्थ संकलित सहयोग रकम ८७८१ € एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी मृतकका पिता भरत न्यौपानेलाई हस्तान्तरण गरेको छ। नेपाल चितवन जिल्ला स्थायी घर भई विगत लामो समयदेखि स्पेनको अालिकान्तेमा बसोबास गर्दै आउनुभएका श्री भरत न्यौपानेकी १५ वर्षीय छोरी भबिस्यता न्यौपानेको आलिकान्ते स्थित हस्पिटलमा उपचारको क्रममा गत २४ सेप्टेम्बर २०२० मा असामहिक दु:खद निधन भएको थियो। स्व. न्यौपानेको निधन पश्चात शव व्यवस्थापन तथा परिवारलाई आर्थिक सहयोग संकलन गर्ने हेतुले एनआरएनए स्पेनले स्पेन स्थित संघसंस्थाहरूसँग आपतकालीन अनलाइन बैठक आव्ह्वान गरी संघका अध्यक्ष दिनेश गुरुङ्गको संयोजकत्वमा स्व. भविस्यता न्यौपाने सहयोग समिति गठन गरी आर्थिक सहयोग संकलनका लागि नेपाली समुदायसँग अपील गरी सहयोग संकलनमा जुटेको थियो।

गैर आबासीय नेपाली संघ स्पेनले १८ अक्टोबर २०२० मा नेपाल स्पेन समाज कोस्टाव्लाङ्काका अध्यक्ष श्री अक्कल बहादुर बोहोरा तथा त्यहाँका सामाजिक अभियन्ता ज्यूहरु, बार्सिलोना तथा म्याड्रिडबाट उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरुको रोहबरमा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी सम्पूर्ण संकलित सहयोग रकम स्व. भबिस्यता न्यौपानेको परिवारलाई हस्तान्तरण गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले स्व.भबिस्य न्यौपानेको फोटोमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो।उक्त संकलित सहयोग हस्तान्तरण कार्यक्रममा बार्सिलोना तथा मड्रिडबाट एनआरएनए स्पेनका अध्यक्ष श्री दिनेश गुरुङ्ग, उपाध्यक्ष श्री उत्तर कुमार राई, सचिव श्री मेघनाथ ढकाल, कोषाध्यक्ष श्री गोविन्दराज तिमिल्सिना, सदस्य श्री सुन्दर गुरुङ्ग, क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष श्री सुजिल गोले, पत्रकार श्री दिपेन्द्र गजुरेल, पर्वत समाज स्पेनका अध्यक्ष श्री दिनेश राज रेग्मी, मोना स्पेनका पूर्व सल्लाहकार श्री राजकुमार केसि लगायत उपस्थित हुनुहुन्थ्यो

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिनेश गुरुङ्ग ले सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण स्पेनबासी दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न सामाजिक, क्षेत्रीय, राजनीतिक तथा गैह्र राजनीतिक संघसंस्था, क्षेत्रीय समितिहरू तथा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मृतकका पिता भरतराज न्यौपानेले एनआरएनए स्पेन तथा विभिन्न क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली समुदायले आँफू र आफ्नो परिवार प्रति देखाएको सहयोगले आफ्नो पिडामा मल्हम लगाएको बताए। उनले दुखद घडीमा नेपाली समुदायले दिएको साथप्रति धन्यवाद दिने कुनै शब्द नै नरहेको भन्दै भाबुक बनेका थिए। त्यसैगरी संकलित सहयोग रकम हस्तान्तण गर्न बार्सिलोना तथा म्याड्रिड बाट जानुभएका एनआरएनएका प्रतिनिधि तथा विभिन्न संघसंस्थाबाट उपस्थिति प्रतिनिधिहरूलाई नेपाल स्पेन समाजका अध्यक्ष श्री अक्कल बहादुर बोहोरा ज्यू, काठमाडौं रेस्टुरेन्ट र रारा रेस्टुरन्टका संचालक ज्यूहरु, समाजका अग्रज व्यक्तित्व, समाजसेवी तथा अभियन्ता ज्यूहरुलाई गराउनु भएको आतिथ्यता, सम्मान र सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

यस अगाडिनै नेपाल स्पेन समाज कोस्टाब्लाङ्काले त्यस क्षेत्रमा संकलन गरेको आर्थिक सहयोग १०५५३ युरो समाजका अध्यक्ष अक्कल बहादुर बोहोराले हस्तान्तरण गरी सक्नु भएको थियो।गैर आवासीय नेपाली संघ स्पेनको संयोजकत्वमा स्पेन स्थित निम्नलिखित संस्थाको पहलमा स्व. भविस्यतत न्यौपाने सहयोग समितिमा जम्मा हुन आएको आर्थिक सहयोग विवरण यस प्रकार छ।
१) गैर आवासीय नेपाली संघ
क)बार्सिलोना केन्द्र ८०२€
ख)मड्रिड क्षेत्र १४२२€
ग)पाइस भस्को क्षेत्र ७१६€
घ)ग्रणकानारिय क्षेत्र ७५८€
२) प्रवासी नेपाली एकता मञ्च २७६€
३) जनसम्पर्क समिति स्पेन ९५६€
४) नेपाली एकता समाज स्पेन५१€
५) चितवन समाज स्पेन २००१€
६) कास्की आदर्श समाज स्पेन१५८€
७) तमु समाज स्पेन३४४€
८) पर्वत समाज स्पेन३८७€
९) स्याङ्जा सहयोग समाज स्पेन३५३€
१०) बाग्लुङ समाज स्पेन३६२€
११) नेवा पासा पुच स्पेन १९५€ जम्मा संकलित रकम ८७८१€ (अक्षरुपी आठ हजार सात सय एकासी युरो) सम्पूर्ण सहयोगी मनहरुलाई स धन्यवाद नमन्! सुन्दर रानाभाट प्रवक्ता गैर आवासीय नेपाली संघ स्पेन।