आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,

प्रकाशित मिति:

“आहत मा राहत” कार्यक्रम लाई एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्वि सुवेदीले सहयोग गरेका छन् ।नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्य ले लामो समयदेखि “आहत मा राहत ” खाद्यान्न बितरण कार्यक्रम अन्तर्गत अलपत्र परेका असाहाय र बेसाहारा हरुलाई निःशुल्क खाना खुवाउँदै आईरहेका छन्।उनले उक्त कार्यक्रम कोरोना महामारीका कारण बेसाहारा भएकाहरुलाई राहत स्वरुप खाना खुवाउदै आईहेका छन्।

उक्त कार्यक्रमका लागि एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्वि सुवेदीले राहत स्वरुप ने।बि सघंका पूर्व केन्द्रिय सदस्य अनिल खनाल मार्फत् खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएका हुन्, उक्त राहत सामाग्री पाएपछि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले समाजिक संजाल मार्फत् एनआरएनएका उपाध्यक्ष बुद्वि सुवेदी लाई धन्यवाद दिएका थिए ।