मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा

४ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


मिना ढकाल–
बुटवल, ३ कातिक । केटी : तिम्रै यादमा तड्पिंदै थिए
एकैछिन त सास फेर्नै विर्सिएँ
सितल छायालाई……………
भुल्न कहाँ सक्छु र वैगुनी, हितको मायालाई ।
केटा ः सानु तिम्रो खुशीकै लागि,
मुटु दिए आफैलाई नराखी
सितल छायालाई……………….
भुल्न कहाँ सक्छुर बैगुनी हितको मायालाई ।।

बैगुनी –२, भर्खरै बजारमा आएको निकै लोकप्रिय गीतको एल्वम हो । एल्वम बजारमा आए लगत्तै गीत चर्चित बनेको छ । कलाकारहरु चलचित्रका नायक पल शाह, प्रेरणा आचार्य, कमलमणी नेपाल, रामभजन कामतको मुख्य भूमिका रहेको यो गीती एल्वममा मेलिना राई र डा.बुद्धिमान श्रेष्ठको स्वर रहेको छ । प्रसिद्ध गायक तथा रचनाकार डा. श्रेष्ठकै शब्द रचना समेत रहेको सो गीती एल्वममा बाल कलाकारहरु उजेश राज न्यौपाने र आकंक्षा पोखरेल अकेसा लगाएत रहेका छन् ।

त्यस्तै दिपक आचार्यको निर्देशन रहेको सो गीती एल्वममा शब्द तथा संगीत बादल घिमिरे, संगीत संयोजन कृष्ण भान्जा, संगीत सम्पादन श्यामश्वेत रसायली, छायांकन उत्सव दयाल, दृष्य सम्पादन विकास ज्ञवाली, नृत्य निर्देशक सुरेन्द्र बसेल, सह–निर्देशक सन्देश लामीछाने, ब्यबस्थापक जयराम कार्की, रेकडिङ्ग किरण रसायलीको रहेको छ । किशार अवस्थाको प्रेम कथामा आधारित, बिछोड र मिलनका घटनालाई लिएर रचना एवं दृष्य संयोजन गरिएको सो मदरशा फिल्मस्को ब्यानरमा निर्माण गरिएको प्रसिद्ध गायक तथा रचनाकार डा. बुद्धिमान श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया