त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको ३ दिने अभिभुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न

प्रकाशित मिति:

बुटवल- त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको ३ दिने अभिभुखीकरण कार्यक्रम आज  बुटवलमा सम्पन्न भएको छ ।वी.ए. पहिलो वर्षका अनिवार्य तथा ऐच्छिक अँग्रेजी विषयका परिवर्तित पाठ्यक्रमका उद्देश्य, विद्यार्थीमा अपेक्षित सीप विकाश, प्राध्यापन शैली, मूल्यांकन विधि लगायत विषयमा कार्तिक २ गतेदेखि प्रशिक्षण दिइएको थियो ।

कोविड–१९ सुरक्षा सतर्कता एवम् भौतिक दुरीसहित सञ्चालित अभिमुखीकरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको विषय समितिका प्रमुख प्राध्यापक डा. कृष्णचन्द्र शर्मा र सहप्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।आयोजक अन्नपूर्ण मोडल कलेजका अध्यक्ष डा. धर्मराज भट्टराईको अध्यक्षता र खिमानन्द भण्डारीको सञ्चालनमा आयोजित समापन कार्यक्रममा प्रमुख प्रशिक्षक प्रा.डा. शर्माले ५ देखि १० वर्षमा पाठ्यक्रम परिवर्तन हुने अन्तर्राष्ट्रिय प्रचलन बमोजिम नेपालमा पनि अद्यावधिक तथा थप गुणस्तरीय गर्ने गरिएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय ७ जिल्लाका अँग्रेजी विषयका करीब ३ दर्जन प्राध्यापकहरू सहभागी थिए ।विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा अन्नपूर्ण मोडल कलेजको आयोजनामा सञ्चालित अभिभुखीकरणको गत आइतबार नेपाल विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. बुद्धबहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।