नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक विद्यार्थीहरुलाई अनलाइन अभिमुखीकरण सम्पन्न

४ कार्तिक २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल- नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरले मंगलबार नव आगन्तुक विद्यार्थीहरुलाई अनलाइन अभिमुखीकरण सम्पन्न गरेको छ ।उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि प्राध्यापक आनन्दमान सिंह शाक्यले विद्यार्थीहरुले कक्षालाई उच्च प्राथमिकता दिनुपर्ने र विद्यालयमा भौतिक सुविधा प्रयाप्त भएको, अनुभवी शिक्षक, बाल मैत्री शैक्षिक वातावरण भएको, पुस्ताकालय, प्रयोगशाला सुविधा र बजारको लोकेशन पनि उपयुक्त भएकोले विद्यार्थीहरुले इच्छा अनुसारका विषय छनोट गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख उप–सचिव मित्रमणी खनालले नवीन औद्योगिकको कार्य सम्पादन राम्रो भएको अनुशासित र लगनशील शिक्षक स्टाफका कारण, अभिभावक समन्वय, सहजीकरण शिक्षण प्रक्रिया सराहनीय भएकोले नव आगन्तुक विद्यार्थीहरुले उपयुक्त विद्यालय छनौट गर्न सफल भएको धारणा व्यक्त गर्नुभयो ।बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एंव बुटवल कालिका क्याम्पसका अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल उपमहानगर अन्र्तगत रहेको यस विद्यालयले समुदायको मन जित्न र नेपाल सरकारको ध्यान आर्कषण गर्न सफल भई पठनपाठनलाई सुधार गर्दै अगाडि बढेकोेले विद्यार्थीहरु सफल भएको धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालय लुम्बिनी प्रदेश नमुनामा छनौट भएकोले प्रदेश नमुना अन्र्तगत पहिलो वर्ष र दोस्रो वर्षका भौतिक पूर्वाधार विकास योजना, शिक्षा सुधार र भावी योजनाहरु बारेमा स्लाइड प्रस्तुत गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको सभापतित्वमा +2 अंगे्रजी शिक्षक राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा कर्नियल विश्वविद्यालय अमेरिकाबाट डा.विद्यानाथ चौधरी, वि.व्य.स. सदस्य शिक्षक प्रतिनिधि सन्तोष पछाई, व्यवस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, सिभिल इन्जिनियरिङ धार इन्चार्ज भीमराज खनाल, विज्ञान संकाय इन्चार्ज लक्ष्मी नारायण चौधरी, +2 अंग्रेजी शिक्षक दीपक ज्ञवाली, विद्यार्थीहरु मधुसूदन नेपाल , आयुषा ज्ञवाली, समिर भुसाल, बबिता तिवारी र अन्जना बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयले विज्ञान संकाय, व्यवस्थापन संकाय र प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ अध्यापन गर्दै आएको छ । हाल विद्यालयमा फर्साटिकर रुट र बर्दघाट रुटमा स्कूल बसको व्यवस्था गरेको छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १२ सम्म पूर्ण अंग्रेजी माध्यममा र व्यवस्थापन संकाय अंगे्रजी र नेपाली दुवै माध्यममा अध्यापन हुने गर्छ । यसै शैक्षिक सत्रबाट व्यवस्थापन संकायमा होटेल म्यानेजमेन्ट पनि अध्यापन गर्दै आएको छ । विद्यालयमा हाल करिब २५०० विद्यार्थी, ९६ जना शिक्षक तथा कर्मचारीहरु रहेको विद्यालय रुपन्देही जिल्लबाट लुम्बिनी प्रदेशमा नमुना विद्यालयको रुपमा छनौट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया