बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ११, देवीनगर र बुटवल १७, मोतपुरका पुरुष रहेका छन् । गत असोज २४ गते पिसिआर परिक्षणमा पोजेटिभ नतिजा आई कोरोना अस्पतालमा भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको बुधवार बिहान १ ः १० बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।

त्यस्तै, असोज २७ गते पोजेटिभ नतिजा आई अस्पताल ल्याईएका मोतीपुरका ८१ वर्षीय वृद्ध पुरुषको बुधवार बिहान ५ बजे मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया