‘टिकटक स्टार’ प्रतियोगिता हुने

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच।पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनले कोरोना भाइरस ९कोभिड १९०को डरका कारण अनलाईन माध्यमबाट कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच।पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया