बाबुराम भट्टराई भन्छन् ‘अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौँ तर सबैको उपचार निशुल्क गरौँ’

प्रकाशित मिति:

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना पीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा रहेको बताएका छन्।यसले महामारी झन् विकराल बन्ने उनको चेतावनी छ।

डा. भट्टराईले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय पैसाको अभावले गरेको हो भनेर मान्न नसकिने पनि दाबी गरेका छन्।उनले अरु सबै खर्च रोकेर भए पनि जनताको ज्यान जोगाउन लाग्नुपर्ने बताएका छन्।सरकारले भ्रष्टाचार र फजुलखर्च रोके मात्रै पुग्ने डा. भट्टराईले बताएका छन्।

उनले भनेका छन्, ‘अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौँ तर सबैको निशुल्क उपचार गरौँ