तिलोत्तमा एक कोरोना संक्रमितको मृत्यु

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा बुधबार बिहान एक कोरोना संक्रमितको मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४७ वर्षीय पुरुषको मृत्यु भएको तिलोत्तमास्थित आइसोलेसन केन्द्रका प्रमुख केशव भट्टराईले बताए ।

कात्तिक १ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि बुधबारै अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको शव नगरपालिकाले नै व्यवस्थापन गरेको छ । तिलोत्तमा–८ र १ वडाको सीमामा पर्ने सुखौरा खोलामा शव व्यवस्थापन गरिएको तिलोत्तमाका कोरोना फोकल पर्सन ईश्वरीप्रसाद पौडेलले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया