जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई समाजसेवी भण्डारीले प्रदान गरे विद्यालय सामाग्री

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


गुल्मी – समाजसेवी एबम धुर्कोट गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत सिर्जनशिल सामुदायिक विकास केन्द्रका फोकल प्रसन नरेश कुमार भण्डारीले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा निवासी मिलन महिला उद्यम समुहका सदस्य कमला बिकका एक छोरा र दुई छोरीको लागी पढाईमा आवस्यक पर्ने ड्रेस एक एक थान सुइटर , एक एक थान कपि, एक एक दर्जन पेन्सील, एक एक दर्जन जुतामोजा कार्यक्रमको आयोजना गरि प्रदान गरेका हुन् ।

कमलाका श्रीमान ४५ दिन पहिला बिरामीको कारण ४२ बर्षको उमेरमा निधन भएपछी सो परिवारको बिचल्ली परेको र छोरीहरु वर्ष ११ का कक्षा चारमा अध्यनरत छन भने छोरा बर्ष ६ का वाल शिक्षामा अध्यनरत रहेका छन् ।

समाजसेवी भण्डारीले बिगतका दिनमा जिल्लास्तरीय निबन्ध प्रतियोगिता , हाजिरजवाफ लगायतका कार्यक्रम सञ्चान गर्दै आइरहेका थिए ।

कार्यक्रम मिलन महिला उद्यम समुहकी उपाध्यक्ष सुमित्रा विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया