पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो सरसफाइ कार्यक्रम

५ कार्तिक २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


विवश विष्ट,मदाने-गुल्मी जिल्लाको मदाने गाउँपालिकामा संचालन गरिएको मदाने सरसफाई अभियान सम्पन्न गरिएको छ । मदाने गाउँपालिकामा रहेका युवाहरुको सक्रियतामा ुमदाने सरसफाइ अभियान २०७७ को पहिलो चरणको कार्यक्रम सकिएको हो ।

गाउँगाउँमा रहेका युवाहरुको स्वतस्फूर्तमा यस्तो फरक खालको कार्यक्रम गरिएको युवा अभियान्ता राजनजंग कुवरले जानकारी दिए । स्वच्छ, सुन्दर र सफा गाउँपालिका बनाउने महान उदेश्यका साथ यस्तो फरक खालको अभियान सुरुवात गरिएको उनले बताए । गाउपालिकाका ७ वटै वडाहरुमा सरसफाई अभियान संचालन गरिएको कुवरको भनाई छ । बुधबार वडा न ४ म्यालपोखरी र वडा न ५ मलागिरीका विभिन्न स्थानमा सरसफाइ गरिएको थियोे । तेस्रो दिन हिजो मदाने गाउँपालिकाको वडा न १ अग्लुङ्गका विभिन्न स्थान र वडा न २ का विभिन्न स्थानमा सरसफाइ गरिएको छ । अभियानको दोस्रो दिन सोमबार वडा न ३ सिर्सेनिमा सम्पन्न भैसकेको छ । त्यसैगरी अभियानको पहिलो दिन वडा न ७ भनभने र वडा न ६ पुर्कोट दहमा सरसफाइ अभियान संचालन गरिएको थियोे । पहिलो चरणको यो अभियानमा चार दिन सम्म सबै वडामा सरसफाई गरि मदाने सरसफाई अभियान सम्पन्न गरिएको अभियान्ता कुवरले जानकारी दिए ।

यसरी मदाने गाउँपालिकाका सबै स्थानहरुमा सरसफाई अभियानमा स्वतस्फूर्त रुपमा सहभागी हुन र सहयोग गर्न युवा अभियान टिमले जनाएको छ । युवा अभियान्ता सचिन्द्र खड्का,राजनजंग कुवर,अशोक परियार,सन्दिप थापा क्षेत्री,राहुल थापा मगर लगायतको विशेष टिमले यस्तो अभियान संचालन गरेको छ । मदाने गाउपालिकाका यी युवाहरुले संचालन गरेको मदाने सरसफाइ अभियान उदाहरणीय छ, यसरी आम रुपमा युवा जागरुक हुन सक्यौ भने सुन्दर, समुन्नत,स्वच्छ र सफा गाउँ तथा आफ्नो देश परिवर्तनको परिकल्पना गर्न सकिन्छ भन्दै मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनु भयो । यस्तो गाउँपालिका नै परिवर्तन गर्ने अभियानमा गाउपालिका सकारात्मक रहेको र आवश्यक साथ सहयोग गर्ने बताउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया