मनाङको चामेमा विपन्न तथा दलित परिवारलाई राहत वितरण

प्रकाशित मिति:

मनाङ । अमोरिकामा बसोबार गर्ने मनकारीहरुले मनाङको चामे गाउँपालिकाका विपन्न तथा दलित समुदायलाई खाद्यन्न वितरण गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला तदर्थ समिति मनाङका अध्यक्ष गम्भीरजङ बिश्वकर्मा र नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला तदर्थ समिति मनाङका महासचिव धनबहादुर लामाको संयुक्त पहल चामे गाउँपालिका वडा नं १ देखि ५ सम्मका निम्न आय भएका विपन्न तथा दलितका घर परिवारलाई राहत स्वरुप एक बोरा चामल, तीन केजि दाल, तीन केजी चिनी, दुई लिटर तेल र दुई वटा साबुन बितरण गरिएका हो ।

मनाङको चामे गाउँपालिका निवासी हाल अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष तथा नेपाल आदीवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० की पूर्व उपाध्यक्ष नीमा ल्हमो लामा, नासों गाउँपालिका वडा नं। ५ स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्थाको पूर्व अध्यक्ष तथा जिपी कोईराला फाउण्ेसन अमेरिकाका केन्द्रिय सदस्य सामाजिक अभियन्ता छिरिङ राप्के लामा, नासों ५ घर भई अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्थाकी महासचिव तथा आदीवासी जनजाति महासंघ अमेरिका फिप्ना की कोषाध्यक्ष छिन्चोम लामाको व्यक्तिगत रुपमा आर्थिक संकलन गरी मंगलबार विपन्न तथा दलित परिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको हो ।

सो सामग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मनाङका संयोजक तथा नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति यज्ञप्रसाद घले, गाउँपालिकाका प्रमुख एवं समाजसेवी लोकेन्द्रबहादुर घले, गाउँपालिकाका उप–प्रमुख एबं न्यायिक समितिका संयोजक मुनिन्द्रजंग गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सदस्य सुकमाया बिस्वकर्मा, कार्यपालिकाका सदस्य लक्ष्मी विस्वकर्मा, समाजसेवी कुईसाङ ढोमा लामा, युवा नेता छिरिङ धोर्जे लामा लगायतले कोरोना कहरका कारण आर्थिक संकटमा परेकाहरुलाई सहयोग दिएकोमा आभार व्यक्त गरे ।