सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

६ कार्तिक २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु। ९५ हजार २०० रहेको महासंघको भनाइ छ ।
तर, आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु। १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया