गायिका निरुशा भट्टराईको गीत सार्वजनिक

७ कार्तिक २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कार्तिक,। एक दशक देखी लण्डनमा बस्दै आएकी गायिका निरुशा भट्टराईको आफ्नो पहिलो गीत छलक छलक छल्क्यो माया नामक बोल रहेको गीत बिहिबार सार्वजनिक गरेकी छन्। गायिकाका रुपमा भर्खरै बजार देखिए पनि उनको संगित प्रतिको जगाब भने लामो समयको छ। भजन र अन्य गीतमा समेत पोख्त भट्टराईले रेकर्ड गरेका गीत बाहिर ल्याउन समय अनुकुल नभए पनि नियमित रियाज र गीत प्रति नै समर्पित थिईन।

यो गीत केवल गीत मात्र नभएर समाजले प्रेम प्रति देखाउने रुपको पनि चित्रण गरेको छ।एउटा पटकथा जस्तै लाग्ने ८ मिनेटको म्यूजिक भिडियोमा चर्चित कलाकारहरू पल शाह,बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।

नयाँ नयाँ न्युज नेपाल नामक युटुब च्यानल मार्फत आएको फरक शैलीको गीतलाई अधिकाशँले रुचाएका छन् भने युटुबमा सिङगो टीमलाई मन पराएका छन्। संगितकार अष्ट्रिलिया,गायक नेपालमा र आँफु लण्डनमा रहेको हुँदा सबै समायोजन गर्न कठिन भए पनि गीत दर्शक स्रोताले मन पराउने उनको विश्वास छ। भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया