टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे आरआर ३१०

प्रकाशित मिति:

‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत शुक्रवार भएको भाग्यशाली विजेता घोषणामा मदन पोखरेल खत्रीले टिभीएस अपाचे आरआर ३१० जितेका छन् । टिभिएस को वेबसाईटमार्फत फारम भरेका उनले बालाजी अटो मोबाइल्स शोरुमबाट उक्त मोटरसाईकल प्राप्त गरेका हुन् । शोरुमका संचालक विशाल जैसवाल र जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले पत्रकार सम्मेलन को आयोजना गरी उनलाई मोटरसाईकलको चाबी हस्तानतरण गरेका थिए ।

गुल्मी जिल्ला निवासी खत्रीले लक्की ड्र बाट पाएको पुरस्कारले दसैंका बेला खुसी प्राप्त भएको बताए । मोटरसार्यकल कम्पनीका पुरस्कार चिनेजानेकै नजिकका व्यक्तिले पाउंछन् भन्ने सोंच पालेको थिएं, उनले भने, यो जिवनकै अत्याधिक खुसी भएको क्षण बन्यो । यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने थिएन ।

‘टिभीएस दसैंको आशा’ योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने जगदम्बा मोटर्सका प्रबन्धक सन्तोष पारिकले बताए । त्यस्तै, बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको उनले जनाए । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फारम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिष्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएस टु ह्विलर्सका लागि एकमात्र आधिकारिक विक्रेता हो । नेपालभर यसका सय भन्दा बढी सेल्स सर्भिस र स्पेयर्स डिलर छन् ।