प्रेस काउन्सिलले अनलाइन पत्रिकाको वर्गीकरण गर्दै

प्रकाशित मिति:

कात्तिक २७ काठमाडौं । पत्रपत्रिकाको बर्गीकरण गर्दै आएको प्रेस काउन्सिल नेपालले अनलाईन पत्रिकाको समेत बर्गीकरण गर्ने भएको छ।

पछिल्लो समय कतिपय अनलाइन पत्रिकाले जथाभाबी समाचार लेख्न थालेपछि बर्गीकरणको तयारी गरिएको काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए।

बोहराका अनुसार अनलाइनपत्रिकाको अनुगमन गरेर जिम्मेवारी बनाउनका लागि पत्रकारितासंग सम्बन्धित संघसंस्थालाई पत्राचार गरिसकिएको छ। ती संस्थाबाट प्राप्त सुझापछि सरोकारवालासंग छलफल गरी अघि बढ्ने काउन्सिलको तयारी छ।
अनलाइन पत्रकारितालाई कसरी व्यबस्थित बनाउने भनेर सकेसम्म सातवटै प्रदेशमा सरोकारवालाहरुसंग छलफल गरी एक बर्षभित्र अनलाईन पत्रिकाको बर्गीकरण गरिने उनले बताए।

पछिल्लो समय काउन्सिलमा परेका उजुरीमध्ये अधिकांश अनलाईन पत्रिकासंग सम्बन्धित भएको बोहराको भनाई छ।

काउन्सिलमा हालसम्म १४ सय अनलाइन दर्ता भएका छन्।