नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री वितरण ।

८ कार्तिक २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री, गुल्मी ८ कार्तिक । नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटन नगरपालिका ९ का ८० बाढी पहिरो घरपरिवारहरुलाई प्रतिघरपरिवार एक थान बलाङकेट सिरक, एक थान ओड्ने खास्टो,सावुन,सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा नेपाल स्पेन समाज कोष्टाब्लान्काका प्रतिनिधि तथा गलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी,इन्जिनियर सुवास भण्डारी, ढोरपाटन नगरपालिका ७ का वडाअध्यक्ष दिपक थापा,नेपाली काँग्रेस वडा नं. ९ का वडा सभापति गगन पुन मगर, पूर्व गाविस अध्यक्ष शेरमान घर्ति समाजसेवी कुल बहादुर विक,समाजसेवी पदम पुन मगर, पत्रकार कौरव खत्री, मिनु विसी, लगायत स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाल स्पेन समाज कोष्टाब्लान्काका अध्यक्ष अक्क्ल बोहोरोको पहलमा हाल स्पेनमा नेपाल देखि रोजगारीको शिलशिलामा स्पेन कार्यरत रहेका नेपालीहरुबाट संकलित करिव २ लाख, ६१ हजार बराबरको नगद रकमले राहत सामग्री प्रदान गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष वीरजंग भण्डारीले नेपाल स्पेन समाज कोष्टाब्लान्काले बाढी पहिरो प्रभावित पिडितहरुको दुखमा केहि मलमपट्टी लगाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए । कार्यक्रम ढोरपाटन नगरपालिका ९का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने समाजसेवी ढालेन्द्र पुन मगरले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया