बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा ७ का ७५ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिवार बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए ।