सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुनको निधन

प्रकाशित मिति:

काठमाडौं, कात्तिक ९ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका ७८ वषिय हिको आइतबार निधन भएको एजेन्सीहरुले जनाएका छन् ।

बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका छन् । सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।