ढोरपाटनका बाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण ।

प्रकाशित मिति:

कौरव खत्री ,गुल्मी ९,कार्तिक । बागलुङ ढोरपाटनका बाढी पहिरो पीडितहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
ढोरपाटन नगरपालिका ५ र ६ बाट हाल रोजगारीको शिलशिलामा कार्यरत रहेका व्यक्तिहरुको पहलमा कतारमा संकलित राहत रकम बाढी पहिरो पिडितहरुलाई विहिवार हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बाढी पहिरो ७७ घरपरिवारलाई प्रतिघरपरिवार १हजारका दरले २२ मृतक घरपरिवारलाई १हजार,५सयका दरले ५ घाइतेलाई २हजारका दरले अभिभावक गुमाएका ४ बालबालिकालाई ५ हजारका दरले र ९ महिनाको बच्चालाई ३ हजार गरि जम्मा १ लाख, ४६ हजार आर्थिक सहयोग समाजसेवी अस्मिता भण्डारीद्धारा हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गलकोट नगरपालिका ३ का वडाअध्यक्ष वीरजंग भण्डारी,इन्जिनियर सुवास भण्डारी,ढोरपाटन नगरपालिका ७ का वडाअध्यक्ष दिपक थापा,नेपाली काँग्रेस वडा नं। ९ का वडा सभापति गगन पुन मगर,पत्रकार कौरव खत्री, पत्रकार मिनु विसी, लगायत स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम ढोरपाटन नगरपालिका ९का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने नेकपा ढोरपाटन नगरपालिका वडा नं। ९का अध्यक्ष तथा समाजसेवी ढालेन्द्र पुन मगरले गरेका थिए ।