सुनसान आलमदेवी मन्दिर

प्रकाशित मिति:

भवानी अधिकारी ।  स्याङजा : स्याङ्जाको दक्षिणपश्चिम कालीगण्डकी गाउँपालिका ३ लसर्घास्थित आलमदेवी मन्दिरको विशेष पहिचान छ। मुलकका अन्य शक्तिपीठभन्दा बेग्लै विशेषता बोकेको ऐतिहासिक आलमदेवी मन्दिर यसवर्ष सुनसान छ। गत वर्ष यति बेला यहाँ खुट्टा टेक्ने ठाउँ हुन्थेन। दिनमै सयौं भक्तजनको ताँती लाथ्यो। कोही भाकल गर्न त कोही भाकल पूरा भएकोमा पुनस् पूजा गर्नेका लागि मन्दिर आउँथे। सयौं मानिस ओहोर दोहोर गर्दा गाउँ नै चलायमान देखिन्थे। मन्दिरमा बज्ने, घण्ट, पंचबाजा, नगरा र सयौं मान्छेका भीडले सो ठाउँलाई रोमान्चित पार्दथ्यो। तर, अहिले सुनसान छ। केवल छ त मन्दिर। केही पुजारी अनि उनले गर्ने नित्यपूजा मात्र।

बडादसैंको अष्टमी तथा नवमीका दिन यहाँ वर्षभरिकै विशेष पूजा हुन्छ। अष्टमीको मध्यरातमा कालरात्रीको पूजा र नवमीका दिन सरकारी पञ्चवली चढाउने प्रचलन छ। तर, अहिले भने कोरोना संक्रमणका कारण साँझ बिहानका नित्यकर्म बाहेक अन्य पूजा नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले जानकारी दिए। झण्डौं ३ सय ७० वर्षअघि स्थापित मन्दिर शाह बंशीय कुलदेवताको मन्दिर हो। प्रत्येक वर्षको नवदुर्गाका पंचमी, सप्तमी र नवमी तिथी पारेर शाहबंशीय परिवार पूजाका लागि यहाँ आउछन्। पूर्वराजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पनि नबदुर्गाभित्रका एक दिन पूजाका लागि यहाँ आउने गर्थे। गत वर्ष पनि हिमानी शाह आएर पूजा गरेर फर्केको अध्यक्ष रानाले बताए। उनले भने, ु एक पटक पूर्व राजा ज्ञानेन्द्र शाह आउनुभयो, पूर्व राजा वीरेन्द्र शाह भने धेरै पटक आउनुभएको थियो।’ कालरात्रीको पूजापछि नवमीको दिन सरकारी बली दिइन्छ। राँगो, पाठा, कुखुरा, भेडा, परेवा बली दिइन्छ। गत वर्ष ६ हजार भन्दा बढी भक्तजनले पूजा गरेका थिए भने सयौंका संख्यामा बली पूजा भएको थियो। मन्दिरभित्र भिमसेनपाती ९एक प्रकारको फुलको बोट जसलाई स्थानीय भाषामा ९धरमपाती० पनि भन्ने गरिन्छ० को बोट छ।

बोट मुनि पुरानो घण्टसहितका मूर्ति छन्। मन्दिरमा छानो छैंन। बेला बेलामा आगोको ज्वाला निस्कने हुदाँ मन्दिरमा छानो नराखिएको र नवदुर्गाभित्रका कुनै एकदिन दर्शनका लागि बाघ पनि मन्दिर आउने बताइन्छ। ुआकाशबाट आगोका जस्ता ज्वाला मन्दिरमा छिरेको र एकैक्षणमा बिलाएको मन्दिरमा पूजा गर्न जाने क्रममा आफै‍ले प्रत्यक्ष देखेको’ गल्याङ्का टिकाराम अधिकारी बताउँछन्। मन्दिर अग्लो पहाडमाथि छ। मन्दिरलाई चारैतिरबाट पवित्र नदी कालीगण्डकीले घरेको छ। मन्दिरमा मगर जातका ८ वर्षमाथि १५ वर्षमुनिका बालक मात्रै पुजारी बन्न पाउँछन्। उनीहरुले बिहान र साँझ नित्य पूजा गर्नुपर्नेछ। बडादसैंमा ७ जना, चैतको दसैंमा ५ जना र अन्य बेला २ जना पुजारी हुन्छन्। मन्दिरको ७ सय रोपनी गुठी छ। सन् १३४९ मा राजपुत राज्य र मुस्लिम राजाबिच अस्तित्वको लडाइँपछि इस्वी संवत् १३५० मा उज्जैन राज्य परित्याग गरी जयपुर, दिल्ली , इलाहावाद, अयोध्या हुँदै रूरू क्षेत्रमा आई बसेका र साथमा आफ्नी कुलदेवी वेगमाता वेगेश्वरी देवीमाता समेत झोलीमा बोकी आएको भनाइ छ। आफ्नी कुलदेवीको रक्षार्थ आफ्नो भूमि त्याग गरी तत्कालीन उज्जैन राज्यमा रहेकी गुहिल र गहलोत राजाकी कुलदेवी ९वेगमाता वेगेश्वरीलाई झोलामा हाली उत्तरतर्फ लाग्दै जाँदा केही समय रूरू क्षेत्रमा बिताएका थिए। हालको लसर्घा भन्ने स्थानको पहाडको टाकुरामा बास बस्न पुग्दा उक्त देवीलाई भीमसेन पातीको रूखमा झुन्ड्याएर आराम गर्दा देवी झोलीबाट खस्नु भएको र जमिनना भासिन पुगेको किंम्बदन्ती छ।

बिहान उठेर हेर्दा नदेखेपछि कालीगण्डकीमा नुहाएर फर्केको भन्ने भनाइ छ। हाल मन्दिरभित्रको भीमसेन पातीको बोटमुनि एउटा प्वाल रहेको र त्यहाँबाट कालीगण्डकी नदीमा पुगेर टुंगिने बताइएको छ।जमिनमा अलप भएकाले देवी कालीगण्डकी नदीमा पुगी स्नान गरी पुनः भीमसेनपातीको फेदमा आइ बसेको भनाइ छ। भिमसेनपातीको बोटबाट अलप भएकोले अलपदेवी भन्दा अपभ्रंश भइ आलमदेवी बन्न पुगेको भनाइ पनि पाइन्छ ।वेगमाता वेगेश्वरी देवी अत्यन्त सक्रिय देवीमाता हुन्। उनलाई वैदिक विधीअनुसार अष्टमातृकाको रूपमा जागरण गराइएको हुनाले भाकल एवम् इच्छाएको बरदान मागेको पूरा हुने भन्दै यहाँ आउने दर्शनार्थीको भीड लाग्ने गरेको रहेको वडाअध्यक्ष रामबहादुर आलेले बताए। मन्दिरमा मास्की रानाहरुले भित्री घेरामा रहेको देवी पूजा अर्चना गर्ने, चित्तौरे रानाहरुले दोस्रो घेराबाट पूर्व र दक्षिण ढोकाबाट पूजा गर्ने र बली दिने, गरञ्च र छगेली रानाले पश्चिम र उत्तर ढोकाबाट बलविहीन पूजा अर्चना गर्ने चलन छ ।