हराउँदै परम्परागत निबुवा पेल्ने कोल

९ कार्तिक २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


भवानी अधिकारी । स्याङजा : यो मौसम निबुवा पेलेर अमिलो बनाउने हो। बलिया युवाहरुले दिनभर लगाएर निबुवा कोलमा पेलेर रस निकाल्छन। कालो र बाक्लो लेदो नभइन्जेल आगोमा पकाएपछि अमिलो बन्छ। जुन अमिलो वर्ष दिनसम्म राख्न सकिन्छ र धेरै प्रकारका खानेकुरामा अमिलोको प्रयोग गरिन्छ। अमिलोको आवश्यकता धेरै छ। नयाँ प्रविधिका विकाससँगै परम्परागत पुराना प्रबिधी कोल लोप हुँदै गएका छन्। केही वर्ष पहिला यतिबेला सबैका घरघरमा कोल थापेर निबुवा पेल्दै अमिलो झार्ने काम गरिन्थे। तर, आजकल यदाकदा देखिंदा यी पुराना प्रविधि नौला लाग्न थालेका छन्। यी प्रविधि लोप हुँदै गएका छन्। यातायातको पहुँच सबै क्षेत्रमा बढ्दै जानु तथा विद्युत्तीय मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएको चापाकोट नगरपालिकाका रामु भट्टराई भन्छन्।

गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन हराउँदै जाने क्रम बढेको छ। परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, निवुवा ९अमिलो जातका फल०, र तोरी पेल्ने गरिन्छ। कोलमा पेल्नका लागि शारीरिक श्रम बढी लाग्ने भएकाले हिजोआज छिटो छरितो र सजिलोका लागि मेसिनको प्रयोग हुन थालेको हो। यी खाद्यवस्तु प्रशोधन गर्ने कोललाई आधुनिक मिलले विस्थापित पारेको हो। परम्परागत कोलका पेलेको खुदो, अमिलो र तेल स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। घरमै उत्पादित यी खाद्यबस्तु मिसावट रहित हुनुका साथै स्वादिलो हुन्छ। एउटा बलियो काठलाई निवुवाको दाना अटाउने गरी बनाइएको खाडलमा राखेर माथिवाट अर्को काठको पाताले अठ्याएपछि निवुवा थिच्चिएर अमिलो झर्छ,’ स्थानीय युवा सुनिल न्यौपाने भन्छन्। सोही झरेको अमिलोलाई एउटा भाडामा संकलन गरिन्छ। संकलित ती अमिलो झोललाई ठूलो भाडामा राखेर आगोमा धेरै समय पकाएपछि अमिलो चुक बन्छ। एक सय वटा दाना बराबर एक माना चुक अमिलो बन्ने सुधन न्यौपानेले बताए।

निवुवा पेलेर अमिलो बनाउने मौसम सुरुभएसंगै चापाकोट नगरपालिकाका केही स्थानमा भने कोलको प्रयोग एकारदुई ठाउँमा भने देख्न पाइन्छ। काठको प्रयोग गरेर आफूले चाहेको स्थानमा राखेर पेल्न सकिने हुँदा केही युवाले यो प्रविधिलाई निरन्तरता दिएका हुन्।यस्ता परम्परागत कोल हाम्रा सम्पति हुन। आउदो पुस्ताका लागि एउटा ऐतिहासिक दस्तावेज हो। गाउँघरका लागि अत्यावश्यक छ, र लघु उद्योग पनि हो यो। यस्ता पौणारिक सम्पतिको संरक्षण सबैले गर्नुपर्छ। यसको प्रयोग र महत्व बारे भावी पुस्तालाई चिनाउन स्थानीय स्तरदेखि कोल संरक्षणको जरुरी देखिन्छ।दिनभर निवुवा निचोरेर अमिलो झार्ने अनि रातभर आगोमा बसेर पकाएपछि बल्ल चुक अमिलो तयार हुन्छ। यसरी तयार पारिएको अमिलो बर्षोदिनसम्म पनि बिग्रदैन। स्थानीय घिउ र चुक अमिलाको मूल्य बराबर हुने गर्दछ। चुकको प्रयोग केही औषधि, अचार अथवा अमिलो खाद्य वस्तु निर्माणका लागि बढी प्रयोग गरिदै आएको छ। आफैंले घरमा पेलेको अमिलो स्वास्थ्यबर्दक हुन्छ। यसमा मिसावट हुँदैन। आजकल बजारमा धेरै प्रकारका अमिलो पाइन्छ। केही अमिलो वर्षदिनसम्म केही हुँदैनन भने केही २र४ महिनामै ढुसी पलाएर खानै नहुने हुन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया